प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व नवमी - ९

परिचय

मुस्ताङ भन्सार कार्यालय गण्डकी प्रदेश अन्तर्गत मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका वडा नं. ०४ स्थित न्हेछुङमा अवस्थित रहेको छ । वि.सं. २०१३ सालमा स्थापना भएको यस कार्यालयद्धारा स्थानीयवासीहरुले चीनबाट ल्याउने दैनिक आवश्यकताका मालवस्तुको म्यानुअल रुपमा भरिएको प्रज्ञापनपत्र अनुसारको राजस्व उठाउदै आएकोमा भन्सार विभागको निर्णयानुसार मिति २०८२/०५/२२ गते अनलाइन प्रणाली ASYCUDA जडान भई मिति २०८२/०५/३० गते देखि यस कार्यालय मार्फत आयात निर्यात हुने मालवस्तुको विद्युतीय रुपमा घोषणा र राजस्वको भुक्तानी हुँदै आइरहेको छ । यस कार्यालय रहेको स्थान न्हेछुङजोमसोम देखि करीव ११० कि.मि. को दुरीमा रहेको छ भने यस स्थान देखि नेपाल तथा चीनको सीमा कोरला नाका करीव १६ कि.मि. को दुरीमा रहेको छ । यस कार्यालय रहेको स्थान न्हेछुङ करीव ३९५० मी. को उचाइमा अवस्थित रहेको छ भने नेपाल तथा चीनको सीमा रहेको स्थान कोरला नाकाकरीव ४६६० मी. को उचाइमा अवस्थित रहेको छ।

राजस्व संकलनको लागि प्रभु बैंक लिमिटेडको लोमान्थाङ स्थित शाखालाई तोकिएको छ।हाल चीनले मुस्ताङवासीलाई मात्र कोरला नाका पारीपट्टि चीनिया भूभागमा जान दिने गरेको छ।यस कार्यालय रहेको स्थान न्हेछुङ हिमाली भेगमा अवस्थित रहेको र मंसिर महिना देखि फाल्गुण महिना सम्म भारी हिमपात भई अत्याधिक चीसो हुने तथा पानी जमेर बरफ हुने हुँदा यहाँको बसाई अत्यन्त कष्टकर हुने गर्दछ।यस कार्यालय मार्फत विभिन्न ब्राण्डका इलेक्ट्रिक भ्यानहरु, तयारी पोशाकहरु, जुत्ता, चप्पलहरु र इलेक्ट्रोनिक्स लगायतका मालवस्तु आयात हुने गरेको छ भने मूर्तिहरु, ज्याकेटहरु, पूजा सामग्रीहरु लगायतका नेपालमा उत्पादित मालवस्तुहरु निर्यात हुने गरेको छ।